सेती नदीमा बगेर एक जना बेपत्ता

धनगढी- सेती नदीमा बगेर एक जना बेपत्ता भएका छन्। डोटीको सायल गाउँपालिका–१ पुजारीगाँउका ३५ वर्षीय कलिभान पुजारा मंगलवार दिउँसो बगेर बेपत्ता भएका हुन्। बझाङको केदारस्युँ गाउँपालिका–१ डाँसामा चिप्लेर पुजारा सेती नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ।

पुजारा केदारस्युँ गाउँपालिका–१ को देउरा बजारबाट घर फर्किने क्रममा सेती नदी र कालङ्गा नदीको दोभान नजिकै किनारामा पानी खान जाने क्रममा चिप्लेर सेती नदीमा बगेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। प्रहरी चौकी रायल बझाङबाट प्रहरी टोली खटिई पुजाराको खोजतलासका गरिरहेको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...