जयपृथ्वी राजमार्ग अझै खुलेन, दशरथ चन्द मार्ग पनि बन्द

बैतडी- अविरल वर्षापछि सडक माथिबाट ठूलो ढुंगा खसेर अवरुद्ध भएको जयपृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन। आइतबार दिउँसो १ बजे राजमाग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठुलो ढुंगा खसेर अवरुद्ध भएको थियो।

खोडपेबाट पठाएको जेसीबीले ढुंगा फुटाउन नसकेपछि बझाङबाट ठुलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

Navadurga sun

आइतबार दिउँसोदेखि नै राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र त्यसतर्फ जाने ठूला गाडीहरु रोकिएका छन्। यस्तै दशरथ चन्द राजमार्गको सतबाँझ–गोठला पानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख खस्दा अवरुद्ध भएको छ। गएराति खसेका चारवटा रुख ढलेर राजमार्ग अवरुद्ध पारेको प्रहरी निरीक्षक केसीले बताए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...