बझाङ्गमा खोलाले बगाउँदा एक वृद्ध बेपत्ता

बझाङ- बझाङ्गमा खोलाले बगाउँदा एक वृद्ध बेपत्ता भएका छन्। बझाङको कालङ्गा खोलाले बगाउदा बुङ्गल नगरपालिका–२ बम्मरका ७२ वर्षीय चतुरे धामी बेपत्ता भएका हुन्।

धामी सोही नगरपालिका१ नम्बर वडास्थित पौडी बजारबाट सोलागाउँ जाने क्रममा शुक्रबार साँझ कालङ्गा खोला तर्दा बगेर बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ। प्रहरीले धामीको खोजतलासका साथै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

 

 

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...