


सन्तोष पाण्डेय/बैतडी– रास्ट्रिय स्वतन्त्र पार्टिले यही भाद्र १७ गते बैतडी पाटनमा पाटन नगर कार्य समिति र विशुद्ध सामाजिक कार्यमा केन्द्रीत रही उद्दार तथा राहत कार्यमा खटिने गरी RAT ( Rapid Action Team ) द्रुत कार्य टोली गठन गर्ने भएको छ ।



संख्या पुगेका पाटन नगरका वार्ड हरुमा पनी वार्ड कार्य समिति गठन गरीने रास्ट्रिय स्वतन्त्र पार्टी पाटन नगरपालिकाका सम्पर्क ब्यक्ति इन्जिनियर हेमन्त कुमार ऐरले जानकारी दीएका छन ।


नगर कार्यसमितिमा नगर-सभापति, उप-सभापति, सचिब, कोषाध्यक्ष (महिला अनिवार्य ) गरी ११ सदस्सीय हुने साथै RAT Team पनी संयोजक उप – संयोजक सचिब र कोसाध्यक्ष गरी ११ सदस्य हुने छन वार्ड कार्य समिति सभापति उप-सभापति सचिब र सदस्य गरी ११ सदस्य हुने बैतडी जिल्ला संयोजक प्रकाशचन्द्र भट्टले जानकारी दिनु भएको छ । बाकी अन्यौलता भए ९८६१२०८१८० मा सम्पर्क गर्न रास्ट्रिय स्वतन्त्र पार्टी बैतडीले अनुरोध गरेको छ ।
गत मंसिरमा प्रतिनिधि सभाको निर्वाचनमा मुलुकको चौथो ठुलो राजनीतिक दलका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको थियो। पाटनमा नगर संगठन विस्तारको चरणमा रहेको रास्वपामा दैनिक सदस्य जोडिने क्रम रहेको छ। सुसासन र समृद्धि को लागि देशब्यापी रुपमा संगठन बिस्तार लाई तिब्रता दिने क्रममा भाद्र १७ गते रास्वपा पाटन नगर कमिटी गठन हुने भएको छ ।





