धनगढीबाट लागु औषधसहित एक जना पक्राउ

धनगढी- धनगढीबाट एक जना लागु औषधसहित पक्राउ परेका छन्। धनगढीबाट घोडाघोडी नगरपालिका–१० का २३ वर्षीय युवक उमेश चौधरी एक ग्राम लागु औषधसहित पक्राउ परेका हुन्।

मंगलबार बिहान धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट लागु औषधसहित चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनलाई लागु औषधसहित पक्राउ गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...