

बझाङ- बझाङमा एक परिवारमाथि मध्यराति सुतिरहेकै बेला चक्कु आक्रमण भएको छ । अज्ञात व्यक्तिले सुर्मा गाउँपालिका-३ घर भई चैनपुरस्थित सुर्मा टोल बस्ने कलक विककी श्रीमती र दुई छोराहरूमाथि सुतिरहेकै बेला चक्कु प्रहार गरेको हो ।



चक्कु प्रहारबाट २७ वर्षीया सुनिता विक र उनका दुई छोरा ७ वर्षीय आदित्य र ४ वर्षीय आबेल घाइते भएका छन् । उनीहरूको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


चक्कु प्रहार गर्ने व्यक्तिले साथमा रहेको मोबाइलसमेत लुटेर लगेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

