धनगढीमा करेन्ट लागेर एक बालकको मृत्यु

धनगढी- धनगढीमा करेन्ट लागेर ७ वर्षीय बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–१४ डी गाउँका पुष्पराज उपाध्यायको ७ वर्षीय छोरा बेदप्रसाद उपाध्यायको करेन्ट लागेर आइतवार बिहान मृत्यु भएको हो।

आफ्नै घरको पानी तान्ने मोटरको तारमा अचानक छुन गई करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...