धनगढी- धनगढी जेसिजले पश्चिम टुडे मिडिया हाउसका अध्यक्ष तथा प्रधान सम्पादक दीर्घराज उपाध्यायलाई पत्रकारिताका माध्यमबाट युवा र समाजका लागि पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ ।




अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा धनगढीमा आयोजित जेसिज सप्ताहको समापन समारोहमा पत्रकार उपाध्यालाई धनगढी जेसिजले प्रशंसा पत्र सहित सम्मान गरेको हो ।


समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले पत्रकार उपाध्यालाई प्रशंसा पत्र प्रदान गरे । पश्चिम टुडे राष्ट्रिय दैनिक, रेडियो पश्चिम टुडे ८८.८ मेगाहर्ज र पश्चिम टुडे डटकम अनलाईन न्यूज पोर्टलका प्रधान सम्पादकका रुपमा कार्यरत उपाध्याय अढाई दशकदेखि पत्रकारितासंगै सामाजिक क्षेत्रमा समेत सक्रिय छन् ।




