धनगढी- कैलालीको धनगढीमा शनिबार (बिदा) को दिन सरकारी सवारीसाधन चलाउनेहरुलाई अनेरास्ववियुले नियन्त्रणमा लिइरहेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीले शनिबार दिनभर धनगढीमा बिदाको दिन पनि सवारी चलाएर दुरुपयोग गर्नेहरुलाई नियन्त्रणमा लिएको जनाएको हो ।


अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटीले बिदाको दिनमा सरकारी सवारीसाधन चलाएर सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको भन्दै सवारी र चालकलाई नियन्त्रणमा लिइएको बताए । जिल्ला प्रशासनबाट चिट नकाटेर अनावश्यक काममा हिंडेका १ दर्जन बढी सवारीलाई नियन्त्रणमा लिएर पहिलो पटकका लागि सम्झाई बुझाई छाडिएको बोगटीले बताए ।

सुशासन कायम गराउन अनेरास्ववियुले यस्तो गरिरहेको जनाएको छ । उसले धनगढीको सहिद गेट लगायतका क्षेत्रमा चेकिङ गरिएको जनाएको छ ।
