बझाङको सेती नदीमा कैलालीका प्रकाश बम बेपत्ता

बझाङ- बझाङको सेती नदीमा कैलालीका प्रकाश बम बेपत्ता भएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर घर भएका बम बझाङको दुर्गाथली गाउँपालिका–२ मौरीबगरमा मजदुरीको काम गर्दै आएका थिए।

३० वर्षीय बम शुक्रवार साँझ दुर्गाथलीको मौरीबगर स्थित सेती नदीमा माछा मार्न जाँदा पौडी खेल्ने क्रममा सेती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरी टोलीले उनको खोजतलासका साथै आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...