कैलालीको गोदावरी नदीमा फसेका ६ जनाको उद्दार

अत्तरिया- कैलालीको गोदावरी नदीमा फसेका ६ जनाको उद्दार गरिएको छ । सोमबार राती अचानक आएको बाढीका कारण नदीको बीच भागमा फसेका ६ जनाको उद्दार गरिएको हो ।

करिब साढे १० बजेको समयमा आएको बाढीका कारण फसेकाहरुको ११ बजे राती उद्दार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरिक्षक रबिन्द्र सिंह कार्कीको कमाण्डमा ११ जनाको प्रहरी टोली संगै नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नदीको बीच भागमा फसेकाहरुको उद्दार गरिएको हो ।

प्रहरीले नदीमा फसेकाहरुमा ५ जना पुरुष र १ जना महिला रहेको बताएको छ । नदीमा फसेकाहरुको सकुसल उद्दार गरिएकाले मानविय क्षती नभएपनि भौतिक क्षतिको विवरण भने प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।

उनीहरु नदी किनारामा बस्दै आएका भएपनि पानीको वहाव बढेर नदी दुइ भागमा विभाजित हुँदा उनीहरु बीच टापुमा फसेको प्रहरीले जनाएको छ । फसेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

Loading...