धनगढी- कैलालीको गोदावरीबाट लागु औषधसहित एक जना पक्राउ परेका छन् । लागु औषधसहित मंगलबार साँझ स्थानीय २३ वर्षीय तेज साउँद पक्राउ परेका हुन् ।
गोदावरी नगरपालिका–१ धनगढी रोडमा रहेको तरकारी हाटबजारबाट साउँदलाई ४०० मिलिग्राम लागु औषध सहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
