धनगढी- कैलालीको मोहन्याल गाउँपालिका–७ को पितमारीमा होटेलमा यौन धन्दा गराएको अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले होटेलमा यौन धन्दा गराउने चार युवती र छ जना पुरुषलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । प्रहरीले पितमारी क्षेत्रका २/३ होटलमा छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
