रास्वपाका नेताले कुटे पत्रकार

बझाङ- बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता नगेन्द्र खड्काले पत्रकारलाई कुटपिट गरेका छन्। खड्काले सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत सुनिल मण्डेललाई सोमबार घरबाटै अपहरण गरी होटल होलि डे इनमा लगेर कुटपिट गरेका हुन्।

खड्का स्वयं उक्त होटलका सञ्चालक हुन्। खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मंगलबार पत्रकार महासंघ शाखाका अध्यक्ष शैलेन्द्र रोकाया र चौतारीका तर्फबाट सहसचिव सुरश धामीले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै प्रेस विरोधी कार्यको भर्त्सना गरेका छन्।

‘स्वतन्त्र सञ्चारकर्ममा जुटेका पत्रकार मण्डेलमाथि भएको कुटपिटको घटना प्रेस स्वतन्त्रता विरोधी काम भएको महासंघको ठहर छ, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुको साटो पत्रकारलाई अमानवीय व्यवहार गरेको घटनाको यथासीघ्र छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउँछौँ’ महासंघ शाखाले जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै प्रेस चौतारीले विभिन्न ठाउँमा भएका अनियमितताविरुद्ध कलम चलाउँदा पत्रकारमाथि कुटपिट गरेर बसिरहेको ठाउँ छोड्न बाध्य बनाउनु भत्र्सनायोग्य रहेको उल्लेख गरेको छ। चौतारीले व्यक्तिगत रिसिइबी भए एक आपसमा मिलेर समाधान गर्न आग्रहसमेत गरेको छ।पत्रकार कुट्ने खड्का पहिले नेपाली कांग्रेसमा आवद्ध रहँदै विवेकशील साझामा प्रवेश गरेका थिए।

Loading...