आज सातवटै प्रदेशले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै

अत्तरिया, १ असार- आज सातवटै प्रदेशहरुले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दैछन् । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागिएको हो । सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे, प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशमा दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने तयारी रहेको छ ।

गण्डकी प्रदेश सरकारले पनि आजै बजेट ल्याउन भएको छ । बिहान १० बजे बस्ने प्रदेशसभा बैठकबाट नीति तथा कार्यक्रम पारित गरेर ४ बजे बजेट प्रस्तुत गर्ने गण्डकी प्रदेशको तयारी छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशले आइतबारको प्रदेशसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेसँगै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगलबार अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकबाट बजेट प्रस्तुत गर्ने सुदूरपश्चिम प्रदेशको तयारी रहेको छ । सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले बजेट प्रस्तुत गर्ने छन् ।

सुदूरपश्चिम प्रदेशमा २९ अर्ब हाराहारीको बजेट ल्याउने तयारी भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

Saram-office-2079-080
Leave A Reply

Your email address will not be published.