


धनगढी- कैलालीको धनगढीमा रहेको एक्सिस विद्याश्रमलाई सिंगापुरमा बेष्ट स्कुल अवार्ड प्रदान गरिएको छ । एक्जिटो एजुकेसन अष्ट्रेलियाको आयोजना, एक्जिटो इभेन्ट्सको व्यवस्थापन तथा अनुजा मिडिया नेपालको संयोजनमा सिङ्गापुरमा सम्पन्न कार्यक्रममा एक्सिस विद्याश्रमलाई बेष्ट स्कुल अवार्ड २०२३ बाट सम्मानित गरिएको हो ।



सिंगापुरमा आयोजित एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३ मा नेपालको शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना स्कुल सञ्चालक तथा स्कुलहरुलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा एक्सिस विद्याश्रमकी प्रिन्सिपल अनिता पन्तलाई बेष्ट स्कुल अवार्डद्वारा सम्मानित गरिएको छ ।


उक्त कार्यक्रममा कैलाली मोडेल माविका प्रधानअध्यापक तपेन्द्र सिंह, मालिका इङ्गलिस स्कुलका प्रिन्सिपल सिबी चन्द र एक्सिस विद्याश्रमकी प्रिन्सिपल पन्त सहित धनगढीका तीन जना विद्यालयका सञ्चालक तथा प्रिन्सिपल सम्मानित भएका थिए ।





