एमाले कृष्णपुरले विभिन्न मागहरु राख्दै कृष्णपुरका मेयर ओझालाई बुझाए ३१ बुँदे ध्यानाकर्षण पत्र

कञ्चनपुर– नेकपा (एमाले) कृष्णपुर नगर कमिटीले बजेटको सन्तुलित वितरण सहितका विभिन्न मागहरु राखेर मेयर हेमराज ओझालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

मेयर ओझाको कार्यकक्षमा एमाले कृष्णपुरका इन्चार्ज लोकेन्द्र प्रसाद पन्त र नगर अध्यक्ष गणेश सिह ऐरीले मंगलबार ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा एमाले नगर कमिटीले समृद्ध नगरपालिका र सुखी र खुसी नगर वासी होउन भन्ने चाहना राखेको उल्लेख गर्दै गलत कार्यको विरोध र राम्रोको समर्थन गर्ने उल्लेख गरिएको छ ।

Navadurga sun

यसअघि २०७९ मंसिर १८ गते बुझाइएको २९ बुँदे ज्ञापन पत्रमा उल्लेखित बिषयवस्तुहरु के कति कार्यान्वयन गरिए सो को जानकारी समेत उपलव्ध गराइयोस भनि मंगलबार ३१ बुँदे ज्ञापन पत्र पेश गरिएको छ ।

नगर कमिटीका अध्यक्ष ऐरीले कृष्णपुर नगरपालिकाको समग्र विकास र जनसरोकारका विषय समेटेर मेयर ओझालाई ध्यानाकर्षण पत्र बुझाइएको बताए । मेयर ओझालाई ध्यानाकर्षण पत्र बुझाउन एमाले कञ्चनपुरका कार्य वाहक अध्यक्ष लक्ष्मी बुढा लगायतका नेता सहभागी भएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...