कञ्चनपुरमा बाघले आक्रमण गर्दा महिला घाइते

महेन्द्रनगर- कञ्चनपुरमा बाघको आक्रमणमा परेर बेलौरीकी एक महिला घाइते भएकी छन् । जिल्लाको लालझाडी गाउँपालिका–६ ढक्कास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा बेलौरी नगरपालिका–९ डाडाकुण्डा बस्ने करिब २५ वर्षीया बिन्दु डगौरा च्याउ टिप्ने क्रममा पाटे बाघको आक्रमणमा परि बिहीबार घाइते भएको बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसन रानाले बताए ।

वडाध्यक्ष रानाका अनुसार करिब १०/१२ जना महिलाहरूको समूह च्याउ टिप्ने क्रममा पाटे बाघले डगौरा माथि आक्रमण गरेको थियो । सबैले होहल्ला गर्दा बाघ भागेर डगौराको ज्यान जोगिएको छ । बाघको आक्रमणमा परि डगौराको आँखा र टाउको पछाडि चोट लागेको स्थानीय प्रेम चन्दले बताए ।

Navadurga sun

उनको आँखामा करिब २० टाका र टाउको पछाडि १० भन्दा बढी टाका लागेको स्थानीय चन्दले बताए । उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...