


डोटी- डोटीमा बिहीबार चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका-५ दुदिला गाउँमा चट्याङ लाग्दा स्थानीय ६६ वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएको प्रहरी चौकी खड्यौलीले जानकारी दिएको छ।


दिउँसो करिब २ बजेतिर घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा बोहराको मृत्यु भएको उनका छोरा सुरेश बोहराले जानकारी दिएको प्रहरीले जनाएको छ। चट्याङका कारण सोही गाउँका डम्मर सिंह बोहराका ६ वटा बाख्रा समेत मरेको स्थानीयले जानकारी दिएका छन्।





