पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडी- वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोका कारण गत रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। राजमार्गअन्तर्गत गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाड भन्ने स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटबाट छुट्ने सवारीसाधन पूर्ण रूपमा बन्द छन्। पहिरो पन्छाउन जेसिबी पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। वर्षाका कारण पछिल्लो समय राजमार्ग र ग्रामीण सडक अवरुद्ध हुनुका साथै विभिन्न स्थानमा पहिरो गइरहेका छन्।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...