धनगढीको एक पसलमा आगलागी

धनगढी- धनगढीको एक पसलमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–४ बसपार्क गोल मार्केट स्थित लक्षित इन्टरप्राइजेजमा आगलागी भएको हो।

Dadeldhura hospital

गोदावरी नगरपालिका–१ का ३५ वर्षीय चेतराज भट्टले सञ्चालन गरेको लक्षित इन्टरप्राइजेज (कपडाको होलसेल पसल) मा बुधवार दिउँसो अचानक विद्युतको लाइन सर्ट हुन गई आगलागी भएको प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

आगलागी हुँदा पसल भित्र रहेका अन्दाजी आठ लाख मुल्य बराबरको सामानहरु जलि नष्ट भएको जनाइएको छ। उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहायताले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

 

Loading...