कञ्चनपुरमा डुबेर एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा डुबेर एक जनाको पुरुषको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–१० नयाँगाउँका ६० वर्षीय नवलसिंह रावलको आइतवार नदीमा डुबेर मृत्यु भएको हो।

बनकट्टी खोला र चौधर नदीको दोभानमा डुबेर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सो घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...