कैलालीबाट सात जुवाडे पक्राउ

धनगढी- कैलालीमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–२ महेन्द्रनगर रोडका ३९ वर्षीय प्रेम बोहराको सिगाँस होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रेम बोहरासमेत सात जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ६ सय रूपैयाँ र एक बुक ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...