
कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिकामा नगर स्तरीय लागु औषध ओसार पसार नियन्त्रण सम्बन्धि अभियान समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।




वेदकोट नगरपालिकाको आर्थिक सहयोग र नमुना महिला अधिकार मञ्चको आयोजनामा सोमबार लागु औषध नियन्त्रणका लागि वडास्तरमै सचेतनामुलक अभियान संचालन गरेको हो । बेदकोट नगरपालिका १० वटै वडाहरुमा सचेतनामुलक अभियान संचालन गरिएको हो ।




वडाहरुमा लागु औषध नियन्त्रण अभियान सकेर सोमबार पालिका स्तरिय लागु औषध ओसारपसार नियन्त्रण सम्बन्धी अभियान बारे समिक्षा कार्यक्रम गरिएको छ ।
नमुना महिला अधिकार मञ्चका अध्यक्ष सीमा जैसीले पछिल्ला दिनमा भयाभह रुपमा देखा परेको लागु औषध दुव्र्यसनी नियन्त्रणा लागि नगरका १० वटै वडाका बस्तीगाँउ घरमा अभियान संचालन गरिएको बताईन ।
उनले अभिमुखिकरणका साथै आगामी दिनमा पुणर् नियन्त्रणका लागि सबै वडाहरुमा दवाव समुह गठन गरिएको र पालिका स्तरमा समेत गठन गरेर लागु औषध बिरुद्धमा थप अभियान संचालन गरिने समेत बताईन ।
उक्त समिक्षा अभियानमा सहभागिहरुले पालिका र नमुना महिला अधिकार मञ्चले लागु औषध नियन्त्रणका लागि गरेको अभियान सरानिय भएको र थप प्रभावकारी बनाउँदै निरन्तरतामा जोड दिए । लागु औषध नियन्त्रण दवाव समुह १ का अध्यक्ष लोकेन्द्र रोकायाले लागु औषध नियन्त्रण गर्न थुप्रै चुनौती रहेको बताए ।
उनले सबैभन्दा बढि गम्भिर प्रहरी हुनुपर्नेमा जोडदिदै नियन्त्रणका लागि सबै सरोकारवाला पक्ष अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । घटाल माध्यामिक विद्यालयका अध्यक्ष गणेश नेपालीले लागु औषध नियन्त्रणका लागि अभिभावक अग्रसर हुनुपर्नेमा जोड दिए ।

उनले पालिकाबाट युवालाई लागु औषधबाट मुक्त गराउनका लागि आवश्यक रहेको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सिताराम विष्टले कार्यपत्र प्रस्तुत गर्दै प्रहरीबाट लागु औषध नियन्त्रणका लागि प्रहरीले सकृयतापुर्वक काम गरिहेको बताए ।
त्यस्तै कार्यक्रममा बेदकोट नगरपालिकाका नगर उप-प्रमुख तुलसी जोशीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख भोजराज बोहरा रहेका थिए ।
कार्यक्तमका प्रमुख अतिथि रहेका बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले लागु औषध नियन्त्रणका लागि पालिकाबाट सबै प्रयास जारी रहने बताए । पालिकाले समेतनामुलक कार्यक्रमदेखि युवाहरुलाई स्वरोजगारका कार्यक्रम समेत संचालन गरिने नगर प्रमुख बोहराले बताए ।
नगर प्रमुख बोहराले दुव्र्यशनीमा लागेका युवाहरुलाई पुर्नस्थापना गर्दै नयाँ पुस्तालाई लागु औषधमुक्त गराउनुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै कार्यक्रममा बेदकोट नगरपालिकाकी उपप्रमुख तुलसी जोशीले किशोर, युवा पुस्तालाई लागु औषधको दुव्र्यशनीबाट मुक्त गराउनका लागि पालिकाबाट स्थानीय संघ संस्थासंगको सहकार्यमा अभियान नै संचालन गरिएको बताईन ।
‘समाज रुपान्तण आवश्यक छ, ‘उनले भनिन, ‘यस्तै भयाभह अवस्था ब्रेक गर्नुपर्छ ।’ सामुदायिक प्रहरीसंगको साझेदारीमा कार्यक्रम संचालन गरिएको उप-प्रमुख जोशीले बताईन ।
बेदकोट महिला तथा बालबालिका शाखा प्रमुख राधिका पन्तले अभियानबाट बेदकोट नगरमा लागु औषध नियन्त्रणका लागि नागरिक अग्रसरका साथै सचेत रहेको बताईन ।
त्यस्तै कार्यक्रममा जनप्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट, नागरिक समाज सहितका अगुवाको सहभागिता रहेको काक्रार्यक्रमको सञ्चालन सुनिता भट्टले गरेकी थिइन ।