दार्चुलामा बालकको मृत्यु

दार्चुला- दार्चुलाको एक स्कुलमै बालकको मृत्यु भएको छ। जिल्लाको अपि हिमाल गाउँपालिकाको वडा नम्बर–६ धङकङ छिपुलाकेदार मावि कक्षा ५ मा अध्ययनरत रहेका विद्यार्थीको स्कुलको कम्पाण्डबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आइतवार विद्यालयमा खेलिरहेका बेला मानसिह महताका छोरा अन्दाजी १२र१३ वर्षीय समिर महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए।

Navadurga sun

स्कुलको कम्पाण्ड नजिकै खेलिरहेका उनी लडेर झण्डै ५०÷६० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको उनले बताए। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...