डोटीमा पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु

डोटी- डोटीमा पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ गैरा गाउँ टोलका अम्मर मलासीको छोरा १० वर्षीय दीपेश मलासीको मृत्यु भएको प्रहरीले जनाएको छ। अस्पतालको पानी जम्मा गर्ने ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दीपेश घरबाट निस्की हराएकोमा खोजतलास गर्ने क्रममा सोही ठाउँमा निर्माणाधीन अवस्थामा रहेको सरुवा रोग नियन्त्रण अस्पतालको पानी जम्मा गर्ने ट्याङ्कीमा डुबी रहेको अवस्थामा मृत फेला परेका हुन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...