बेलौरीबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरको बेलौरीबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका–१० सडकघाटबाट प्रहरीले ३.१७ ग्राम लागुऔषधसहित दुई जना युवा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको झलारी बस्ने भरत सिंह र नरेन्द्र ठगुन्ना रहेका छन्। यी दुई जनालाई प्रहरी चौकी भुडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक राम सिंह फरालको कमाण्डमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो ।

Navadurga sun

उनीहरूले भारतबाटै लागुऔषध खैरो हेरोइन खाएर आएको प्रहरीलाई गोप्य सूचना प्राप्त भएको थियो। पक्राउ परेका मध्ये भरत सिंहबाट शुक्रवार मध्यरातमा बमिटबाट लागुऔषध फेला परेको थियो। बमिट गराएपछि पोकासहितको खैरो हेरोइन बाहिर फालेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई हिजो नै इलाका प्रहरी कार्यालय बेलडाडी पुर्‍याइएको छ। प्रहरीले उनीहरूको साथमा रहेको सु प प्र ०२००३ प ७९७६ नम्बरको मोटरसाइकल पनि बरामद गरेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...