अत्तरिया- कैलालीको चुरे गाउँपालिकाले “समृद्ध चुरे, खुशी चुरेबासी” भन्ने मूल नाराका साथ तेहौं गाउँ सभा आईतवार सम्पन्न गरेको छ । चुरे गाउँपालिकाले ४९ करोड ८७ लाख ८ हजार बजेट सार्वजनिक गरेको हो । तेहौं गाउँ सभाले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट पारित गरिएको छ ।






आइतबार भएको गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष धना देवी थापाले बजेट पेश गरेकी हुन । जुन चालुतर्फ २९ करोड ९२ लाख ६८ हजार रेहको छ भने पुँजिगततर्फ १९ करोड ९४ लाख ४० हजार रहेको छ ।





