धनगढी उपमहानगरपालिकाले ल्यायो एक अर्ब ९३ करोडको बजेट

धनगढी- सुदूरपश्चिम प्रदेशको एक मात्रै उपहानगरपालिका धनगढी उपमहानगरपालिकाले झण्डै दुई अर्व हाराहारीको बजेट पेश गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि उपमहानगरपालिकाले एक अर्व ९३ करोड आठ लाख २४ हजार दुई सय १८ को अनुमानित रकम दशौं नगर सभामा पेश गरेको हो ।

उपप्रमुख कन्दकला रानाले चालु तर्फ एक अर्व १७ करोड ४४ लाख ९७ हजार ६३ र पुँजिगततर्फ ७८ करोड ६५ लाख २७ हजार एक सय ५५ गरि एक अर्व ९३ करोड आठ लाख २४ हजार दुई सय १८ को अनुमति रकम पेश गरेकी हुन् ।

Navadurga sun

उपमहानगरपालिकाले आन्तरिकतर्फ ३५ करोड ४३ लाख ३० हजार दुई सय १८, राजश्व बाँडफाँडतर्फ ४६ करोड ९७ लाख ९४ हजार, संघिय सरकारको अन्तर सरकार वित्तीय हष्तान्तरणतर्फ ९२ करोड ५० लाख, प्रदेश सरकारको अन्तर सरकार वित्तीय हष्तान्तरणतर्फ ५ करोड ३२ लाख १२ हजार र सरी आएको १२ करोड ५० लाख रकमलाई आयतर्फ विनियोजन गरेको छ ।

क्षेत्र गत कार्यक्तम अन्र्तगत आर्थिक बिकास तर्फ ९ करो ६५ लाख ९३ हजार ८ सय १७, सामाजिक बिकास तर्फ ८५ करोड ३६ लाख ५ हजार २ सय २२, पुर्वाधार बिकास तर्फ ३६ करोड ८३ लाख ७४ हजार १ सय ९४, सुसासत तथा अन्र्त सम्बन्धी तर्फ ५ करोड ६५ लाख ५५ हजार ५९, कार्यालय सञ्चालन तर्फ ५५ करोड ५६ लाख ९५ हजार ९ सय २६ रकम बिनियोजन गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...