जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध

बैतडी-  निरन्तरको वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग गएरातिदेखि अवरुद्ध भएको छ। उक्त राजमार्ग अन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

यातायात सेवा पूर्ण रुपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्। बैतडी हुदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका हुन् ।

Navadurga sun

राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउन जेसीबी पठाइए पनि वर्षा निरन्तर भइरहेकोले समस्या भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक, योगेश खत्रीले जानकारी दिए। ‘पहिरो पन्छाउन जेसीबी पुगिसकेको छ’, उनले भने, ‘पानी पर्ने क्रम नरोकिएको पहिरोमाथिबाट पहिरो खसिरहेको छ।

पहिरो पन्छाउन सकिएको छैन।’ पानी नरोकिदासम्म पहिरो पन्छाउन नसकिने र राजमार्ग सुचारु गर्न अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...