

कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिकामा योग शिविर आयोजना गरिएको छ । नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वेदकोट नगरपालिका र पतञ्जली योग समिति वेदकोटको संयुक्त आयोजनामा बुधबार योग शिविर आयोजना गरिएको हो ।






उक्त योग शिविरमा पतञ्जली योग समिति वेदकोटका अध्यक्ष भगिरथ भट्टको सभापतित्वमा भएको शिविरमा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथी रहेका थिए ।

“योगा गरौँ रोग हटाउँ” भन्ने मूलनाराका साथ वेदकोट नगरपालिकाको सभाहलमा योग शिविर सम्पन्न भएको पतञ्जली योग समिति वेदकोटका अध्यक्ष भगिरथ भट्टले बताए । उक्त योग शिविरमा वेदकोट नगर कार्यसमितिका पदाधिकारी लगायत स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो ।