रेशम चौधरीसँग ओलीले भने- तपाईँलाई साह्रै अन्याय भएको रहेछ

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार विहान बालकोटमा उनीहरूबीच छलफल भएको हो।

उनीहरूबीच समसमायिक राजनीतिका विषयमा छलफल भएको थियो। एमाले अध्यक्ष ओलीले टीकापुर घटनामा अन्याय भएको रेशमलाई सुनाएका थिए। ‘हामीबीच राजनीतिक भेटघाट भएको हो। भेटमा उहाँले साह्रै अन्यायमा पर्नुभएको बताउनुभयो,’ रेशमले भने।

Navadurga sun

ओलीले आफू जेल बसेका कुरा पनि रेशमसँग स्मरण गरेका थिए। उनले न्यायका लागि लड्दा आफू कसरी जेल परेको र जेलमा के-कस्ता यातना दिएको कुरा स्मरण गरेको रेशमले बताए। ‘उहाँको जेल जीवन पनि एकदमै कस्टकर थियो। उहाँले कसरी जेल पुर्‍याएको, कसरी गोलघरमा राखेको, जाडो, गर्मी कसरी कटाएको बारे बताउनुभयो,’ उनले भने।

रेशम चौधरी जेलमा रहँदा एमाले अध्यक्ष ओलीले ज्याकेट र जुत्ता पठाइदिएका थिए। उनले जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै समेत धन्यवाद दिए।

गणतन्त्र दिवसमा आममाफी पाएर रिहाइ भएका चौधरी पछिल्लो समय राजनीतिक भेटघाट र देश दौडाहामा व्यस्त छन्। उनले आजै धरानका मेयर हर्क साङपाङलाई भेट्ने कार्यक्रम छ। यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग राजनीतिक भेटघाट गरेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...