सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुँदै

gyan kendra dadel

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ लागि आज बजेट प्रस्तुत गर्दै छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु हुने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए । प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नु पर्ने प्रावधान रहेको छ ।

Khanepani dadeldhura
udhok dadeldhura

यस वर्ष सङ्घीय सरकारबाट पाउने अनुदान र राजस्व सङ्कलन कम भएकाले प्रदेश सरकारको बजेटको आकार घट्ने सम्भावना रहेको छ । चालु आर्थिक वर्षको बजेटको तुलनामा झन्डै साढे पाँच अर्ब बजेट घटेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने अनुमान गरिएको छ ।

ajaymeru gaupalika

आगामी आर्थिक वर्षको लागि ३० देखि ३२ अर्बको हाराहारीमा बजेट आउन सक्ने सम्भावना रहेको बताइएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँ बजेट ल्याएको थियो ।

Loading...