ट्राफिक नियमबारे प्रशिक्षण



धनगढी- जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ट्राफिक नियमबारे प्रशिक्षण दिएको छ ।
शनिबार यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा सामेल हुन पुगेका प्रशिक्षार्थीहरुलाई कार्यालयले प्रशिक्षण दिएको हो । कार्यालयले करिब २ हजार भन्दा बढी प्रशिक्षार्थीहरुलाई विभिन्न ट्राफिक नियमबारे जानकारी गराइएको थियो ।


प्रशिक्षार्थीहरुलाई ट्राफिक नियमका साथै ओभरटेक गर्दा साईड लाईटको सही प्रयोग, लेन अनुशासन, सुरक्षित सडकको प्रयोग र ट्राफिक संकेतको पालना सम्बन्धी जानकारी दिइएको प्रहरी निरीक्षक बिरेन्द्र बहादुर बोहराले बताए ।
सहभागि प्रशिक्षाथीहरुलाई ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक बोहराले प्रशिक्षण गराएका थिए।



