क्‍वारेन्टाइनको माग गर्दै कैलालीको सत्ती भन्सार कार्यालयमा तालाबन्दी

टिकापुर- कैलालीको खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा तालाबन्दी गरिएको छ। प्रयोगशालासहित क्वारेन्टाइनको माग गर्दै टीकापुर उद्योग वाणिज्य महासंघले आज बिहान भन्सार कार्यालयमा तालाबान्दी गरेको हो।

छोटी भन्सार कार्यालयबाट मुल भन्सारमा स्तरोन्नति भएसँगै क्वारेन्टाइनको माग गर्दै आए पनि हालसम्म सम्बोधन नहुँदा संघ आन्दोलनमा उत्रिएको हो।

Navadurga sun
Godawari sandesh

विगतदेखि माग गर्दै आइरहेको प्रयोगशालासहित क्वारेन्टाइन स्थापना गर्नुको साटो मेनुवलमा समेत नहुने गरी भन्सारको सिस्टमबाट हटाइएको महासंघको आरोप छ।

Dadeldhura hospital

यसअघि जेठ २८ गते उद्योग वाणिज्य संघले इलाका प्रशासन कार्यालयमार्फत् सरकारलाई दुई दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो। २०७५ असार २० गतेको मन्त्रिपरिषद निर्णयअनुसार खक्रौलास्थित सत्ती भन्सारलाई मुल भन्सारमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो।

सत्ती भन्सारमा प्रयोगशालासहितको क्वारेन्टाइन नहुँदा व्यवसायीहरूले दुस्ख पाइएका छन्। क्वारेन्टाइन नहुँदा यहाँका व्यवसायीहरू धनगढी वा नेपालगन्ज जानुपर्ने बाध्यता छ।

भारतीय कस्टमले भन्सार गरे पनि सत्ती भन्सारले सिस्टमबाटै सत्ती भन्सार हटाएकाले कच्चा पदार्थ लामो समयदेखि भन्सारमै थन्किएको व्यापारीहरू बताउँछन्।

भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा फलफूल, खाद्यान्न, खाद्यजन्य कच्चा पदार्थ आयात गर्ने यस क्षेत्रका व्यवसायीहरूले समस्या झेल्दै आइरहेका छन्।

Loading...