
कञ्चनपुर- कैलालीमा बुधबार मोटरसाइकल दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिका-३ ठेकीपुल भजनीमा चल्दै गरेको मोटरसाइकलबाट खसेर महिलाको मृत्यु भएको हो ।





भजनी नगरपालिका-८ का ३४ वर्षीय ओम प्रकाश डगौराले चलाएको बा.५६ प. ४६२१ नंम्बरको मोटरसाइकल पछाडि सवार सोही ठाउँकी ५० वर्षीय जानकी देवी डगौराको मत्यु भएको प्रहरीले जनाएको छ ।




चल्दै गरेको मोटरसाइकलबाट खसेर उनको टाउकोमा गम्भिर चोट लागेको थियो । प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा जानकीको मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई अहिले ईलाका प्रहरी कार्यालय भजनीको नियन्त्रणमा छन् ।