कञ्चनपुर- कञ्चनपुरको एक भैसी गोठमा आगलागी भएको छ । जिल्लाको बेलौरी नगरपालिका-६ ढक्का चाँदरका ४५ वर्षीय ऋषिराम चौधरीको तीन कोठे भैसी गोठमा आगलागी भएको हो ।


मंगलबार विहान बिजुलीको तार सर्ट भएर गोठमा आगलागी हुँदा युरीया मल, गँहुको भुसा, सालको काठ लगायतका मालसामान गरी करिब चार लाख ८२ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।