
कञ्चनपुर- कञ्चनपुरमा बयलगाडामा च्यापिएर एक बालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरका अमरसिंह चौधरीका दुई वर्षीय छोरा रेगम सिंह दहितको शुक्रबार बयलगाडामा च्यापिएर मृत्यु भएको हो ।
आफ्नै घरको आँगनमा राखिएको बयलगाडामा खेल्ने क्रममा बयलगाडाको अगाडिको भाग उठेर पछाडिको भागमुनि बालक च्यापिएका थिए । घाइते बालकको उपचारका क्रममा कैलालीको धनगढीस्थित निर्सग अस्पतालमा मृत्यु भएको हो ।