कैलाली- कैलालीको टीकापुर र कञ्चनपुरको पुनर्वासमा आगलागी भएको छ । जिल्लाको टीकापुर नगरपालिका–२ बन्दीपुरकी ४९ वर्षिया दिपा साउँदको खरले छाएको एककोठे कच्ची घरमा आगलागी हुँदा अन्दाजी ३० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चुलोमा बालेको आगो हावाले उडाई आगलागी हुँदा भान्सा घर, भाँडाबर्तन लगायतका सामान जलेका छन् ।त्यस्तै पुनर्वास नगरपालिका–१ भकुण्डाका बीरबहादुर चौधरीको ईटाले बनेको एक तले टाईल र खरले छाएको दुई कोठाको कच्ची घरमा आगलागी हुँदा अन्दाजी एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
बिजुलीको तार सट भई सोमबार दिउँसो अचानक आगलागी हुँदा घरको कोठा, कपडा, खाद्यबस्तु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
