‘रेशम चौधरीको विषयलाई सबै पार्टीले राजनीतिक इस्यु स्विकारिसकेको हो’

काठमाडौं- माओवादी केन्द्रका सांसद माधव सापकोटाले रेशम चौधरीको विषयलाई मूल धारका सबै दलले राजनीतिक मुद्दा स्विकारिसकेको बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। यसअघिका सरकारकै पालामा चौधरीको रिहाइको प्रक्रिया अघि बढेको उल्लेख गर्दै सापकोटाले गणतन्त्र दिवसका दिन रिहा गर्न उनको नाम सिफारिस गरिएको प्रस्ट पारे।

Navadurga sun

‘रेशम चौधरीको विषय राजनीतिक इस्यु हो भन्ने कुरा अहिले मात्रै होइन, यो सरकार, अघिल्लो सरकार र मूल धारका सबै राजनीतिक पार्टीहरूले स्वीकार र अभिव्यक्त गरिसकेको कुरा हो।

त्यसको आलोकमा नै अघिल्लोपटकदेखि नै प्रक्रिया सुरु गरेर फेरि क्याबिनेटबाट गणतन्त्र दिवसका दिनमा असल चालचलन भएका सबै बन्दी र राजबन्दीलाई रिहा गर्ने नीतिअनुरूप उहाँको पनि सिफारिस भएको छ,’ उनले भने।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...