रेशम चौधरीको सजाय मिनाहा गर्न ‘किन्तु परन्तु’ नगरौँ : बाबुराम भट्टराई

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीलगायत थारु विद्रोहका नेतालाई राष्ट्रपतिबाट सजाय माफी दिन ढिलो गर्न नहुने बताएका छन्।

शुक्रबार राति सामाजिक सञ्जालमा भट्टराईले चौधरीलगायतलाई माफी मिनाहा गर्न कुनै ‘किन्तु परन्तु’ गर्न नहुने बताएका हुन्। उनले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक जारी गर्न पनि बिलम्ब गर्न नहुने बताएका छन्।

Navadurga sun

‘रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधानरकानून बमोजिम राष्ट्रपतिबाट माफीमिनाहा दिन र हजारौँको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न अब कुनै किन्तुपरन्तु नगरौँ’, उनले लेखेका छन्।

लोकतन्त्र भनेको जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभुल्न उनले आग्रह गरेका छन्।

रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधानरकानून बमोजिम राष्ट्रपतिबाट माफीमिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्पतिबाट छिटो जारी गर्न अब कुनै किन्तुपरन्तु‘

 

ADD Khali jpg
ADD Khali jpg
Loading...