



बझाङ- बझाङमा सरकारी बाइक संग ट्रक एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । जिल्लाको वित्थडचिर गाउँपालिका–९ सुनकुडा बजार नजिकै बाक्थलाबाट डडेल्धुरा गइरहेको भे ख ३६९१ नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको सु.प.प्र ०१००१ ब १४२५ नम्बरबरको बाइकलाई ठक्कर दिदा दुई जना घाइते भएका हुन् ।


घाइते हुनेमा बाइक चालक दुर्गाथलिका २५ वर्षीय यज्ञराज धामी र शिवराज ओखेडा रहेका छन् । घाइते दुबैजनाको स्थानीय स्वास्थ्यचौकिम उपचार भइरहेको छ । ट्रक चालक बैतडिको शिगास गाउँपालिका–९ का २९ वर्षीय तपेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणम लिएको जनाएको छ ।





