कैलालीमा ब्राउन सुगरसहित २ जना पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय सन्तोष चौधरी र २६ वर्षीय करन चौधरीलाई ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरुको साथबाट २ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको थियो। प्रहरी चौकी त्रिनगर र प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

Navadurga sun
Godawari sandesh
Loading...