


अत्तरिया- कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ४ ले १ करोड १२ लाख बढीको बजेट सार्वजनिक गरेको छ । बिहिबार सम्पन्न भएको सातौँ वडा भेलामा वडाले १ करोड १२ लाख ५८ हजार ७९९ रुपैँयाको बजेट सार्वजनिक गरेको हो ।


आर्थीक वर्ष २०८०/८१ का लागी निति तथा कार्यक्रम सार्वजनिक गर्दै वडा नम्बर ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले पुर्वाधार विकास तर्फ ६७ लाख ५५ हजार रुपैँया विनीयोजित गरिएको बताए । जसअन्र्तगत वडा स्तरिय गौरवको योजनाका रुपमा भम्का सिँचाई योजना कार्यक्रमलाई अगाडी बढाईने वडा अध्यक्ष मल्लले बताए ।


त्यस्तै पुर्वाधार विकास तर्फ ढल निकास, टटबन्धन, भवन निर्माण लगायतका कार्य गरिने बताईएको छ ।

त्यसैगरी सामाजिक विकास तर्फ १६ लाख ८९ हजारको बजेट विनियोजीत भएको छ । जस अन्र्तगत शिक्षा, युवा तथा खेलकुद विकास, स्वास्थ्य, संस्कृति प्रवर्दधन लगायतका कार्य गरीने अध्यक्ष मल्लले बताए । लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण, महिला, बालबालिका तथा अपाङ्गता विकास कार्यक्रम, विपन्न दलित, आदिवासी, जनजाती, मधेसी, मुस्लिम समुदाय तथा पिछडिएको वर्ग सम्बन्धित कार्यक्रम जनचेतना मुलक कार्यक्रम गरिने उनले बताए । वडाले आर्थिक विकास तर्फ ११ लाख २५ हजार रुपैँयाको बजेट प्रस्तुत गरेको छ ।
सो शिर्षक अन्र्तगत कृषि, उद्योग तथा वाणिज्य तर्पm बिउबिजन, औषधी उपकरण, अनुदान तथा प्राविधिक सहयोग, पशुपन्छी विकास, पशुपन्छी वितरण तथा सहयोग प्राविधिक सहयोग, पर्यटन, गरिबि न्यूनिकरण उद्यम विकास सिपमुलक तथा आयमुलक कार्यक्रम संचालन गरिने छन् ।
वातावरण तथा विपद व्यवस्थापन तर्फ ४ लाख रुपैँया विनीयोजन गरेको वडाले वन तथा भु-संरक्षण, जलाधार तथा वातावरण संरक्षण, वन जंगल तथा डढेलो नियन्त्रण लगायतका कार्यक्रम गर्ने जनाएको छ ।
त्यसैगरी वडा नम्बर ४ ले सुशासन तथा सँस्थागत विकास तर्फ १३ लाख ८९ हजार ७९९ रुपैँया छुट्याएको छ ।





