धनगढीमा साढे चार लाख मूल्यका सामग्री बरामद

धनगढी- धनगढीमा साढे चार लाख मूल्य बराबरको विभिन्न भन्सार छलीका सामग्री बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–२ बसपार्क पछाडीबाट भन्सार छलीका अवैध सामान प्रहरीले बरामद गरेको हो।

सुदूरपश्चिम प्रदेश ०१००१ ह ४०८५ नम्बरको अटोमा भन्सार छलिको सामान ल्याउदै गरेको अवस्थामा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी हवल्दार रामसिंह धामीको कमाण्डमा खटिगएको गस्ती टोलीलाई देखेपछि अटो नै छोडेर चालक फरार भएको प्रहरीले जनाएको छ।

Navadurga sun

अटो चालकको नामथर खुल्न सकेको छैन्। उक्त अटो र अटोमा रहेका सामान बरामद गरिएको छ। करिब चार लाख ४४ हजार मुल्य बराबरका सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले अटोसहित एक सय २५ थान सादा साडी, एक सय २० थान सेतो धोती, १० थान टावेल, १५ थान सादा धोती, ४१ थान राम्रोमा साडी, ६ सय थान श्रीराम लेखेको खादा र ९८ थान ब्लाउज थान कपडा बरामद गरेको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...