चट्याङ लागेर दैलेखमा एकै परिवारका चार जना घाइते

दैलेख- दैलेखमा गएराति चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन्। राति सुतिरहेका बेला करिब साढे १० बजेतिर घरमै चट्टयाङ पर्दा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

घाइते हुनेमा डुंगेश्वर गाउँपालिका– २ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

Navadurga sun

चट्टयाङ लागेका उनीहरुको दैलेख अस्पतालमा उपचा भइरहेको छ। पारस र हेमालाई बढी चोट देखिएको छ। अहिले चारै जनाको दैलेख अस्पतालमा उपचार भइरहेको अस्पाताल डाक्टर धर्मराज रेग्मीले बताए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...