धनगढीबाट नगदसहित तीन जुवाडे पक्राउ

धनगढी- कैलालीको धनगढीमा नगदसहित तीन जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१ बसन्तटोलका डबलबहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ४५ वर्षीय जनक देउवासहित तीन जना पक्राउ परेका हुन्।

उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको अधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ९ सय ७५ रूपैयाँ र एक गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...