डडेल्धुराबाट चार जुवाडे पक्राउ

डडेल्धुरा- डडेल्धुरामा चार जना जुवाडे पक्राउ परेका छन्। lhNNffको अमरगढी नगरपालिका–७ जोशीगाउँका तिर्थराज जोशीको कुखुरा पाल्ने खाली घरभित्र तास खेलिरहेको अवस्थामा चार जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो। घरभित्र जुवातास खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा उक्त स्थानमा प्रहरी टोली खटिएको थियो।

प्रहरी टोलीले सोही ठाउँका ३८ वर्षीय तेज कैनी,४० वर्षीय खेम बोहरा, ३३ वर्षीय दिपक राज जोशी, ३४ वर्षीय प्रेम बोहरालाई सोमबार बिहान ४ बजे पक्राउ गरेको हो।

Navadurga sun

उनीहरुको साथबाट ३९ हजार ३ सय ९५ नगद र २ बुक ताससहित फेला पारेको छ ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट र प्रहरी चौकी पोखराबाट प्रहरी टोलीले खटिएको थियो ।

 

 

 

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...