खानेपानी सम्बन्धी प्रदेश स्तरीय समन्वय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको धनगढीमा खानेपानी तथा सरसफाई सम्बन्धी सरोकारवालासंगको सुदूरपश्चिम प्रदेश स्तरिय समन्वय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ प्रदेश समितिको आयोजनामा भएको समन्वय अन्तरक्रिया कार्यक्रममा प्रदेशको खानेपानी तथा सरसफाईको अवस्था र समस्या समाधानका लागि कसरी जाने भन्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय सदस्य शेरबहादुर शाहीले सुदूरपश्चिम प्रदेशमा अझै करिव ९ प्रतिशत नागरिकले स्वच्छ खानेपानी प्रयोग गर्न नपाएको बताए । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा शुन्य दशमलव ९ प्रतिशत नागरिकले खोलाको पानी प्रयोग गर्ने गरेका छन् । यसैगरी दुषित पानी प्रयोग गर्ने नागरिकको संख्या पनि ६ प्रतिशत माथी रहेको छ । ‘सुदूरपश्चिम प्रदेशमा हाल सम्म ९१ दशमलव २ प्रतिशत नागरिकले मात्रै स्वच्छ पानी प्रयोग गर्ने गरेका छन्,’ शाहीले कार्यपत्र प्रस्तुत गर्दै भने, ‘८ दशमलव ९० प्रतिशत नागरिकले अझैपनि दुषित पानी प्रयोग गर्ने गरेका छन् ।’ उनको कार्यपत्र अनुसार सुदूरपश्चिम प्रदेशका चार दशमलव चार प्रतिशत परिवार अझैपनि खुला शौच गर्दै आएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

खानेपानीका योजना लामो समय सम्म पनि निर्माण सम्पन्न नहुने, भएका योजना ५-१० बर्षमै बन्द हुने, योजना मर्मत नहुने, जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्ने, जस्ता समस्याका कारण सवै नागरिक स्वच्छ खानेपानीको पहँुचमा आउन नसकेका उनले बताए । कार्यक्रममा खानेपानी विज्ञ चन्द्र ठगुन्नाले पनि कार्यपत्र प्रस्तुत गरेका थिए ।

Dadeldhura hospital

कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई उपभोक्ता महाँसंघ कैलालीका पुर्व सचिव गंगा दुलालले संघियता पछि खानेपानी उपभोक्ता समुह कहाँ दर्ता गर्ने भन्ने अन्यौंलता रहेको बताए । ‘स्थानीय तहले खानेपानी उपभोक्ता समुह दर्तागर्न पाउँदैनन,’ दुलालले भने, ‘प्रदेश र संघमा त्यो प्रावधाननै छैन, जसका कारण भएका खानेपानीका मुहान पनि संरक्षण गर्न सकिएको छैन, यो अन्यौलता हटाउन तर्फ महाँसंघले पहल चाल्नु आवश्यक छ ।’ उनले अन्य प्रदेश स्थित केही स्थानीय तहले खानेपानी उपभोक्ता समिति दर्ता गर्नेगरेको भन्दै सुदूरपश्चिममा रहेका स्थानीय तहले पनि त्यो कदम चाल्नु आवश्यक भएको बताए ।

आयोजना पनि दुई चार बर्षमै बन्द हुने गरेका छन्, सवै नागरिकलाई स्वच्छ खानेपानीको पहँचमा ल्याउन योजना समयैमै बनाउन दवाव दिने र गुणस्तरिय काम गर्न सवै लाग्नु जरुरी छ ।’

कार्यक्रमकी अध्यक्ष तथा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघकी प्रदेश अध्यक्ष रत्ना कडायतले आगामी नीति तथा कार्यक्रममा खानेपानीलाई प्राथमिकतामा राख्न प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरेकि छन् । ‘दुषित खानेपानीका कारण बर्षेनी हजारौं नागरिकले ज्यान गुमाउने गरेका छन्,’ अध्यक्ष कडायतले भनिन्, ‘यो समस्या समाधानका लागि तीन वटै तहका सरकार गम्भिर हुन जरुरी छ, आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा त्यो देख्न पाइयोस् ।’ घोडाघोडी नगरपालिकाले सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

त्यस्तै कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बहादुर बमले भौतिक विकस भन्दा नागरिकको स्वास्थ्यलाई प्रार्थमिकता दिनुपर्ने बताए । उनले अस्पताल भन्दा स्वच्छ खानेपानीमा लगानी बढाउन तर्फ ध्यान दिनु जरुरी रहेको बताए । ‘दुषित पानीका कारण ८० प्रतिशत नागरिक विरामी हुनेगरेको तथ्याङ्क छ,’ प्रदेश सभा सदस्य बमले भने, ‘यदि सवैले स्वच्छ खानेपानी प्रयोग गर्न पाए ८० प्रतिशत रोग आफै निवारण हुनसक्दछ, त्यसैले अस्पताल खोल्न भन्दा स्वच्छ खानेपानीको पहुँच बढाउने कार्यक्रमलाई बढी प्रार्थमिकता दिनुपर्छ ।’ उनले आफु निर्वाचन भएपछि नागरिकले माग गरेका मध्य ५० प्रतिशत योजना खानेपानीकै भएका समेत बताए ।

‘धेरै नागरिकको मागनै खानेपानी योजना रहेको छ,’ प्रदेश सभा सदस्य बमले भने, ‘आगामी कार्यक्रममा खानेपानीलाईनै प्राथमिकता दिने छु ।’ उनले खानेपानी उपभोक्ता समिति दर्ताका लागि ऐन निर्माण गर्न प्रदेशस भामा आवाज उठाउने बताए ।

घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकसिंह रावतले जल, जंगल र जमिन स्वस्थ राख्न सकेमात्रै मानव स्वास्थ्य स्वस्त हुने बताए । ‘अहिले सवै क्षेत्रमा भौतिक पूर्वाधार निर्माणलाई प्रार्थमिकता दिइएको पाइन्छ,’ नगर प्रमुख रावतले भने, ‘तर मानव जीवनसंग जोडिएको विषयमा कसैको चासो देखिदैन, स्वच्छ पानी आमी सवैको प्राथमिकतामा हुनु पर्नछ ।’

Loading...