न्यु बुद्ध डेण्टल र गोदावरी बहुउद्देश्यीय सहकारी बिच स्वास्थ सेवा सम्बन्धि सम्झौता

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियामा रहेको न्यु बुद्ध डेण्टल र गोदावरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिच स्वास्थ सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । आइतबार डेण्टलका निर्देशक खेम राज जोशी र सहकारीको तर्फबाट संस्थाका प्रमुख डिल्ली राज पनेरु बिच उक्त सम्झौता भएको हो ।

त्यस्तै अब सहकारी संस्थाका कर्मचारी, ग्राहक (शेयर सदस्य) र सदस्यका परिवारहरुले उक्त डेण्टलबाट उपलब्ध गराइने डेण्टल सम्बन्धी सेवाहरुमा बिशेष छुट पाउने भएका छन ।

Navadurga sun

त्यसका लागि संस्थाले आफ्ना कर्मचारी शेयर सदस्यहरुको विवरण डेन्टललाई उपलब्ध गराउने छ। सदस्यहरुलाई विभिन्न किसिमका सुबिधाहरु उपलब्ध गराउन सहकारिले विभिन्न किसिमका यस्ता कार्यक्रम गर्दै आइरहेको संस्थाका प्रमुख डिल्ली राज पनेरुले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...